६ बैशाख २०८१, बिहीबार
Follow Us

स्थानीय निर्वाचनमा १ करोड ४० लाख ५४ हजारलाई मताधिकार

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार ०६:४५

निर्वाचन आयोगले आजबाट स्थानीय तह निर्वाचनका लागि मतदाता परिचय–पत्र छाप्न सुरु गर्दै छ । आयोगले आइतबार फागुन ९ गतेसम्म संकलित मतादाताको अन्तिम नामावली प्रकाशन गरेसँगै आजबाट आयोग परिसरमै परिचय–पत्र छपाइ सुरु गर्न लागेको हो । मतदाता नामावली भने हिजैबाट छाप्न थालिएको छ । दैनिक तीन सिफ्टमा काम गर्दा २० दिनमा परिचय–पत्र छापिने आयोगले जनाएको छ । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको मतदाता नामावलीमा १ कारोड ४० लाख ५४ हजार ४ सय ८२ जनाको नाम समावेश छ । आयोगका अनुसार ७० लाख ६९ हजार ७ सय १४ पुरुष, ६९ लाख ८४ हजार ६ सय २५ महिला र १ सय ४३ तेश्रो लिङ्गी मतदाता छन् । यसै वर्षको फागुन ९ गतेसम्म १८ वर्ष पूरा भई त्यस अवधिभित्र फोटोसहितको मतदाता सूचीमा दर्ता भएकाको नाम आयोगले स्वीकृत गरेको हो ।