८ बैशाख २०८१, शनिबार
Follow Us

घुससहित इन्जिनियर पक्राउ

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार १४:४५

काठमाडौं । जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमहीका इन्जिनियर रामदुलारी शरण भगत १ लाख ५७ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । बिहीवार इन्जिनियर भगतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रङ्गेहात पक्राउ गरेको हो । गोवरडिहा गाविस वडा न ८ खहरे भालु खोलामा तार जाली तटवन्धको योजना वापत जम्मा बजेट १७ लाख ९३ हजार ६ सयको कर कट्टी गरेर हुने रकम १ लाख ५७ हजार रुपैयाँ घुस वुझदै गर्दा लमही नगरपालिका वडा न ११ लमही स्थित डेरावाट अख्तियारको टोलीले पक्राउ गरेको सुचना अधिकारी चुरामणि पराजुली जानकारी दिनुभयो । इन्जिनियर भगतलाई अनुसन्धानका लागि अख्तियारले आफ्नो नियन्त्रणमा राखेको छ ।