१५ बैशाख २०८१, शनिबार
Follow Us

ग्लास्गो नेपाली एसोसिएसनले नयाँ वर्ष मनाउने

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार ०८:३२

कृष्ण देवकोटा। ग्लास्गो ।
युके विक्रम संवत २०७३सालले विश्राम लिन लाग्दा लाग्दै देश तथा विदेसमा नेपालीहरुले नया सालको आगमनलाई स्वागत गर्न आतुर देखिन्छन् । नया साल आउनु अगावै विभिन्न विभिन्न संघसंस्थामा आवद्द रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर नया साल मनाउने चल्ती नै वसिसकेको छ ।

यस्ता कार्यक्रमहरुले विदेसमा रहेका नेपालीहरुको आपसी सम्वन्ध, प्रेम,सद्भाव तथा नया विडिहरुमा नेपाली कला संकृति रीतिरिवाज र संस्कारको विकाश हुने गर्दछ । यसै अवसरमा ग्लास्गो नेपाली एसोसियसनले सधैका वर्षहरुमा जस्तै यस वर्ष पनि नयाँ सालको सुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएकोछ ।

ग्लास्गो नेपाली एसोसिएशनले १७ अप्रील सोमवार साँझ ग्लास्गोको कवाना रेस्टुरेण्टमा साँस्कृतिक कार्यक्रको आयोजना गरेर नया वर्ष मनाउने भएको हो एसोसियसनले एक सूचना प्रकाशीत गरी विभिन्न नेपाली गीत संगीत तथा नाटक लगायतका विभिन्न कार्यक्रम तथा सुभकामना आदानप्रदान गरेर नयाँ मनाउने तयारीमा जुटेको जनाएको छ । साँझ साढे चारवजेवाट सुरुहुने उक्त कार्यक्रको प्रवेश शुल्क भने वयस्कको लागी १४ पौण्डस्टर्लींग र वच्चाको लागी ७ पौण्डस्टर्लींग निर्धारित गरेको सूचना उल्लेख छ ।