६ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खाकप फुटबल २८ मेमा

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार ०९:२५

लन्डन । तमु धी यूकेको तेस्रो कार्यकरी बैठकले १५ औं गोर्खा कप फुटबल २८ मेमा क्विन्स एवेन्यु, अल्डरशोटमा गर्ने निर्णय गरेको छ । उक्त प्रतियोगिताको सम्पूर्ण तयारीबारे खेलकुद संयोजक क्याप्टेन पिताम्बर गुरुङले बैठकमा ब्रिफिङ गरेका थिए । फुटबल खेलमा नन भेट्ररान ३२ र भेट्ररान ८ टिम सहभागी हुनेछन् । संयोजक गुरुङले अन्तर्राष्ट्रिय टिम अमेरिका र हङकङको टोलीले सहभागिता जनाउने अपेक्षा गरेको बताए ।
यस बर्ष पनि १२ देखि १४ हजार दर्शकको आशा गरेको अध्यक्ष ज्ञाम गुरुङले बताए । प्रतियोगितामा विशेष सुरक्षा, मेडिकल सुबिधा एवम सबै खेल एउटै प्रागणमा अध्यक्ष गुरुङले जानकारी दिए । व्यवसायिक संयोजक तमुधि यूकेका उपाध्यक्ष्य नन्द गुरुङले १० वटा फुड स्टल र ४० वटा ब्यापारिक स्टल, सोधपुछ कक्ष, पत्रकार एवम लस्ट एन्ड फाउन्ड स्टलहरु हुने बताए । आर्मी ब्यान्ड, प्याराजम्प, नेपाली नृत्य रहेनछ ।
यसपटक फुटबल सेलेब्रिटी टोटेन्हेम फुटबल क्लबका पूर्वक्याप्टेन लेड्ली किङ बिशेष आकर्षणका रुपमा प्रस्तुत हुने संयोजक गुरुङले बताए । ट्राफिक इन्चार्ज हेम्स्सायर एकाइका अध्यक्ष उत्तर गुरुङ आफ्नो टिमसहित विशेष ब्यवस्था गरे बताए । सुरक्षातर्फ लेफ्टेनेन्ट मुक्ति गुरुङको निग्रानीमा ८० देखि १०० सिक्युरिटी तैनाथ गरिने र बर्दीका प्रहरीको पेट्रोलिङ पनि रहने संयोजक गुरुङले बताए ।
महसचिव कृष्ण गुरुङका अनुसार १ सय ५० देखि १ सय ६० जनाको स्वयसेवक रहनेछ । खेल गतिविधिमा संलग्न सबैलाई खानापिनको व्यवस्था रहेको महासचिव गुरुङले बताए । सबैलाई खानापिनको ब्यबस्था आमा समुहकी अध्यक्ष प्रेमकुमारी गुरुङ र महसचिव यसोदा गुरुङले संयोजन गर्ने बताइएको छ । कार्यक्रममा दुई सय जना बिशेष अतिथि रहने बताइएको छ ।