१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘देश खारेज गर’ को नारा लगाएकी हिसिलाले माफी मागिन्

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार १४:१३

काठमाडौं । प्रहरी धरपकडका क्रममा ‘देश खारेज गर’को नारा लगाएको भन्दै चर्को आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् । यमीले आज पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी हुन् ।
नयाँ शक्ति पार्टीले आइतबार निर्वाचन आयोग घेराउ गर्नेक्रममा प्रहरीले नियन्त्रणमा लिएपछि यमीले ‘आपत्तिजनक’ नारा लगाएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
आलोचनाको क्रम पनि बढेपछि यमीले अर्धचेत अवस्थामा आवेगमा आएर आफूले त्यस्तो नारा लगाएको भन्दै माफी मागेकी हुन् । यमीले भविष्यमा पुनः यस्तो गल्ती नदोहोर्‍याउने प्रतिवद्धता पनि जनाएकी छन् । ‘परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशविरुद्ध मबाट जे जस्ता शब्द निस्किए सोप्रति म अत्यन्त दुःखित छु’ उनले जारी गरेको विज्ञप्तिमा पनि भनिएको छ ।