६ बैशाख २०८१, बिहीबार
Follow Us

नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७३, सोमबार १४:४९

चितवन । सुख्खा पहिरोले २ सय मिटर सडक पुरेपछि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अपरान्हपछि खुलाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार पहिरो पन्छाएर पुरिएका सवारी साधन निकालिएपछि सडक साँझ पौने पाँच बजेपछि दुईतर्फीरुपमा खुलेको हो ।
बिहान पौने एघार बजे मुग्लिनदेखि ११ किलोमिटर टाढा घुमाउने भन्ने ठाउँमा सुख्खा पहिरो खस्दा जीप, ट्याङ्कर, ट्रक र दुईवटा मोटरसाइकल पुरिएको थियो । सोही पहिरोमा परी दुई जनाले ज्यान गुमाएका छन् । मृतकमध्ये मोटरसाइकल चालक सल्यानका रेशराज रानाको सनाखत भएको र अर्का एकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । पहिरोबाट उद्दार गरिएका दुई घाइतेको भरतपुरमा उपचार भइरहेको छ ।