१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिलवाल पुगे गृहमन्त्रालय

नेपालब्रिटेन डट कम्
२२ चैत्र २०७३, मंगलवार ११:३२

काठमाडौं । डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयन गर्नु भन्दै गृह मन्त्रालयमा निवेदन दर्ता गरेका छन् । उनले मंगलबार प्रहरी प्रमुख बनाउन भन्दै गृहमन्त्रालयमा निवेदन दर्ता गरेका हुन् ।
सर्वोच्चको पूर्ण इजलासले कार्यसम्पादन मुल्याङ्कनका आधारमा तत्काल प्रहरी प्रमुख नियुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । परमादेशको पेट खण्डमा पछिल्लो चार वर्षको कार्यसम्पादन मुल्याङ्कन हेर्दा सिलवाल नै योग्य रहेको व्याख्या गरिएको थियो ।
यद्यपि, परमादेश जारी भएदेखि हालसम्म प्रहरी प्रमुख नियुक्त गर्नेबारे सरकारले औपचारिक छलफल पनि गरेको छैन । गृहमन्त्रालयले प्रहरी प्रमुख नियुक्त गर्ने आन्तरिक तयारी गरिरहेको भएपनि मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन ।