१५ बैशाख २०८१, शनिबार
Follow Us

सरकारी जमिन व्यक्तिको नाममा दर्ता गर्ने बन अधिकृतसहित दुईजना पक्राउ

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७३, बुधबार ०८:१८

रौतहट । रौतहटमा ब्यक्तिको नाममा सरकारी जमीन दर्ता गर्न सहयोग गर्ने जिल्ला बन कार्यालयकै एक अधिकृतसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेका दुई जनासहित ३६ जनामाथि अनुसन्धान भइरहेको बन कार्यालय रौतहटले जनाएको छ । जिल्ला बन कार्यालय गुल्मीमा कार्यरत सहायक बन अधिकृत रामकेबल यादव र तत्कालिन रङ्गपुर गाविसका पूर्व अध्यक्ष हरिनारायण बन्ठा पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला बन कार्यालय रौतहटले जिल्ला अदालत गौरबाट दश दिनको म्याद थप गरी अनुसन्धान थालेको छ ।
रौतहटको तत्कालिन रङ्गपुर गाबिस–५ मा रहेको राष्ट्रिय बनको १ सय २२ बिगाहा जमीन सर्लाही, ओखलढुङ्गा, काठमाडौं, रामेछाप, सिन्धुली, सोलुखुम्बु, सिन्धुपाल्चोकसहित जिल्लामा बसोबास गर्ने २३ जनाको नाममा दर्ता गर्न सहयोग गरेको अभियोगमा अनुसन्धान थालेको हो ।
बन कार्यालय रौतहटका तत्कालिन अधिकृत रामकेबल यादबसहितको मिलोमतोमा नापी कार्यालयले ०७२ जेष्ठ ६ गते पूर्जा बितरण गरी फिल्ड बुक र नक्सा कायम गरेको पाइएपछि जिल्ला बन कार्यालय रौतहटले सो जमीनको दर्ता खारेज गर्दै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो ।