६ चैत्र २०८०, मंगलवार
Follow Us

लोकसम्मत राज्यव्यवस्था आजको आवश्यकता : पूर्वराजा ज्ञानेन्द्र

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७३, बुधबार ०८:५६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सत्यनिष्ठा, मर्यादा तथा लोकसम्मत राज्य व्यवस्था आजको नेपालमा टडकारो आवश्यकताको रुपमा देखापरेको बताएका छन । उनले परम्परागत मान्यता, सत्यात्माको प्रतिष्ठा तथा लोक भावनाप्रतिको निष्ठा आजको नेपाली राज्य प्रणालीले भोग्नू परेको चर्को खडेरी भएको पनि बताए ।
रामनवमीको अवसरमा एक शुभकामना सन्देश दिदै पूर्वराजा शाहले त्रेता यूगमा यो धरतीमा लोकहितका निम्ति अवतरित मर्यादा पूरुषोत्तम रामको दिव्य स्मरण गर्ने आजको दिनले हामीलाई त्यागशीलता, मर्यादा तथा लोक मान्यता जस्ता उच्चतम गूण एवं गरिमाको संझना गराउने बताए । उनले रामनवमी जस्तो पूनीत पर्व विशेषले नेपाली भुलोकमा सबैलाई “सबैको हित गरौं” भन्ने दिव्य आदर्श दिन सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।