१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नारायणगढ–मुग्लिन सडक पूरा अझै एक वर्ष लाग्ने

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७३, बुधबार १४:३२

चितवन । नारायणगढ–मुग्लिङ सडक खण्डको निर्माण सकिन अझै कम्तिमा एक वर्ष लाग्ने भएको छ । दुईहजार चौहत्तर जेठ १५ मा सक्ने गरी निर्माण सुरु गरिएपनि हालसम्म ४१ प्रतिशत मात्रै काम सकिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिमा भएको छलफलमा निर्माण कम्पनीका प्रतिनिधीले विविध समस्याका कारण तोकिएको समयमा निर्माण सम्पन्न गर्न नसकिने स्पष्ट पारेका हुन् ।
तीन खण्ड बनाएर तीन वटा निर्माण कम्पनीले ३२ किलोमिटर दूरीको सडक स्तरोन्नती गरिरहेका छन् । यातायात व्यवस्थापनमा चुनौती भएका कारण पनि तीव्र गतिमा काम गर्न नसकिएको निर्माण कम्पनीको भनाइ छ । आयोजना प्रमुख चन्द्रनारायण यादवले उपकरण र जनशक्ति थपेर कामलाई तीब्रता दिन निर्माण कम्पनीलाई आग्रह गरिएपनि सम्पूर्ण काम सक्न अझै एक बर्ष लाग्ने जानकारी दिए । बर्खाको समय नजिकिएकाले निर्माण प्रभाबित हुन सक्ने उनले भनाइ थियो ।