७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँड्न बाध्य

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार ०७:३३

पथरी । मिक्लाजुङ–१ साम्पाङ टोलका मनबहादुर राईले आफ्नो जीवन बचाइ दिन याचना गर्नुभएको छ । तीन वर्षदेखि आन्द्राको अल्सरबाट पीडित ४० वर्षिय राईको वीपी कोइराला मेमोरियल अस्पताल, धरानमा शल्यक्रिया गरिएको थियोे । रु पाँच लाखको चन्दा सङ्कलनबाट उहाँको शल्यक्रिया गरिएपनि आर्थिक अभावमा पूर्ण शल्यक्रिया भने हुन सकेन । रु तीनलाख खर्च अभावले उहाँ प्लास्टिकको झोलामा आन्द्रा लिएर हिँडिरहनुभएको छ । राईले भन्नुभयो, ‘जीवनदाता पाउने आशामा आन्द्रालाई प्लास्टिकमा पोको पारेर बाँचिरहेको छु ।’