१६ चैत्र २०८०, शुक्रबार
Follow Us

१९५० को सन्धीमा रहेको असमान व्यवस्था हटाउन भारत सकारात्मक

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार ०७:४१

काठमाडौं । नेपाल र भारतबीचको सन्धी–सम्झौता पुनरावलोकनका लागि गठित प्रबुद्ध समुहको बैठक आज पनि बस्दैछ । बैठकमा सन् १९५० को सन्धी तथा मैत्री सन्धि लगायत अन्य दुईपक्षीय सन्धी सम्झौताको पुनरावलोकनको आवश्यकता बारे छलफल हुने कार्यक्रम छ ।
बैठकमा द्विपक्षीय व्यापार तथा पारवहन, जलस्रोत लगायत विषयपनि एजेण्डाको रुपमा रहेका छन् । हिजोदेखि सुरु भएको बैठकमा १९५० को सन्धीमा रहेको असमान व्यवस्था हटाउन भारत सकारात्मक देखिएको बताइएको छ ।
नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि असमान भएको भन्दै त्यसको लामो समयदेखि विरोध हुँदै आएको छ । बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्रविद् डाक्टर भेषबहादुर थापा र भारतीय टोलीको नेतृत्व भारतीय जनता पार्टीका नेता भगत सिंह कोशियारीले गरिरहेका छन् ।
गएको वर्ष फागुनमा पूर्णता पाएको समूहले दुवै देशलाई सन्धि पुनरावालोकन गर्न साझा प्रतिवेदन दिने बताइएको छ । प्रबुद्ध समूहमा नेपाल र भारतका तर्फबाट चार÷चार जना सदस्य छन् । नेपाल भारत सन्धि पुनरावलोकन सम्वन्धमो काठमाडौं र दिल्लीमा यसअघि दुई पटक वार्ता भईसकेको छ । दुई मुलुकबीच हालसम्म भएका सन्धी–सम्झौताहरूको पुनरावलोकन गर्दै नयाँ सम्बन्ध स्थापित गर्ने उद्देश्यका साथ पहिलोपटक प्रबुद्ध समुह गठन भएको थियो ।