४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन संघ चीनको क्षेत्रीय कमिटी

नेपालब्रिटेन डट कम्
६ श्रावण २०७३, बिहीबार १६:२८

गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनले विमल कँडेलको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति चयन गरेको छ। साउन २ मा चचियाङ यिवुमा सम्पन्न संघको भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

उपाध्यक्षमा विष्णुप्रसाद दुमरु, महासचिवमा ज्योति सिलवाल, सहसचिवमा सोनुकुमार चेतानी, कोषाध्यक्षमा भद्रबहादुर बानियाँ चयन भएका छन्। प्रवक्तामा रामकुमार खड्का र सदस्यमा गोविन्द भण्डारी, आकाश गुरुङ, साजन श्रेष्ठ, धनराज थापा, सौरव लोहिया छानिएका छन्। भेलाले विनोद तिमल्सिना र अमित श्रेष्ठलाई सल्लाहकार चयन गरेको छ।