१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्व राजाले बोलाएको भोजमा राष्ट्रपति पुगिन्, प्रधानमन्त्री नजाने !

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार १३:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहले बोलाएको भोजमा सहभागी भएकी छिन् । काठमाडौंको होटल सोल्टीमा आयोजना गरिएको भोजमा भण्डारी सहभागी भएकी हुन् । गत चैत १७ गते निर्मल निवासमा आफ्ना नाती हृदयन्द्रको व्रतबन्ध गरि शाहले आज सोल्टीमा भोज दिएका हुन् । भोजमा स्वेदेशी तथा विदेशी गरी २ हजार भन्दा बढी पाहुनालाई निम्ता गरिएको छ ।
भोजमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री र मन्त्रीहरू, कूटनीतिक नियोगका प्रतिनिधि, बिभिन्न दलका नेताहरू, उद्योगी व्यावसायी, कलाकार, सञ्चारकर्मीलगायतलाई निम्ता गरिएको छ । राष्ट्रपति सहभागी भएपनि प्रधानमन्त्री दाहाल भने सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

2

4

3

1

 

 

 

तस्बिर आरजु थापाको फेसबुकबाट