१५ चैत्र २०८०, बिहीबार
Follow Us

ग्यास सिलिण्डर पड्किदा आगलागी

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार १४:५८

काठमाडौं । काठमाडौंको कपन, मिलनचोक स्थित एक होटलमा ग्यास सिलिण्डर पड्किदा आगलागी भएको छ । आज दिउसो करिव तीन बजे उक्त होटलमा रहको एक ग्यास सिलिण्डरमा ग्यास लिक भई आगो सल्किएको थियो । आगो सल्किएपछि त्यहा रहेको अर्को सिलिण्डर समेत पड्केको प्रत्यक्षदर्शीले जनाएका छन् । सिलिण्डर पड्कदा एक व्यक्ति समेत घाईते भएका छन् ।
आगलागीका कारण उक्त पसल पूर्णरुपमा क्षती भएको छ भने आसपासका घरका सिसा फुटेका छन् । आगलागी भएको आधा घण्टापछि पुगेको दमकल , प्रहरी र स्थानिय वासिन्दा को सहयोगबाट आगलागी नियन्त्रणमा लिईएको थियो । आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाकि रहेको प्रहरीले जनाएको छ ।