४ बैशाख २०८१, मंगलवार
Follow Us

माओवादी केन्द्रले आज उम्मेदरबारको मापदण्ड तोक्ने

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार १५:०६

काठमाडौं । निर्वाचन तयारी, मधेस केन्द्रित दलको माग सम्वोधन लगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको बैठक आज बस्दैछ । दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको वारेमा समिक्षा हुने बताइएको छ ।
बैठकमा स्थानीय निर्वाचनमा मधेशी मोर्चालाई सहभागि गराउन पार्टीका तर्फवाट गर्नुपर्ने पहल लगायतका विषयमा पनि छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । स्थानीय निर्वाचनमा पार्टीको सहभागिता र तयारीका विषयमा पनि बैठकमा छलफल हुनेछ । निर्वाचनका लागि घोषणापत्र तयारी, स्थानीय निर्वाचनमा उम्मेदरबार तोक्ने मापदण्ड लगायतका विषयमा पनि माओवादीले छलफल गर्दैछ । माओवादी केन्द्रले महानगरपालिका र उपमहानगर पालिकाको उम्मेदवार पार्टी केन्द्रले तोक्ने र बाँकी जिल्लाले टुङ्गो लगाउने तयारी गरेको छ ।