१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मृत्यु संस्कार सुधारक पोखरेललाई जनसंस्कृति पुरस्कार

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७३, बिहीबार १५:३१

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालले यस वर्षको राष्ट्रिय जनसंस्कृति पुरस्कार हिन्दू धर्म संस्कारअन्गर्तत षोड्ष संस्कारमध्ये मृत्यु संस्कारका सुधार अभियानकर्मी शङ्कर पोखरेल (मोरङ) लाई प्रदान गर्ने भएको छ ।
महासङ्घबाट साहित्यकार भिक्टर प्रधानको संयोजकत्वमा गठित चयन समितिको सिफारिसका आधारमा पोखरेललाई सो रु २५ हजार राशिको पुरस्कार प्रदानको निर्णय गरेको अध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । यस्तै रु १५ हजार राशिको जनसंस्कृति युवा प्रतिभा पुरस्कार युवा नाट्यकर्मी रवि कार्की (म्याग्दी) लाई प्रदान गरिने भएको छ ।
महासङ्घको २९ औँ स्थापना दिवसमा आवसरमा भोलि शुक्रबार आयोजना हुने कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ती पुरस्कार प्रदान गर्नुहुने बताइएको छ । यसैबीच महासङ्घको आज यहाँ सम्पन्न तेस्रो राष्ट्रिय परिषद् बैठकले राष्ट्रिय समिति र मातहतका घटक संस्थाको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको छ ।