८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन अष्ट्रेलियका पूर्वअध्यक्ष केसी लन्डनमा

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ०७:२८

 

लन्डन– गैरआवासीय नेपाली संघ अष्ट्रेलियका पूर्वअध्यक्ष एवंम व्यवसायी गणेश केसी लन्डन आइपुगेका छन् । केसी नेपालमा पहिलोपटक पकाउने विधा (कुलिनरी) लाई केन्द्रित गरेर सञ्चालनमा आएको प्यासिफिक हस्पिटालीटी एण्ड कुलिनरी एकेडेमीले लन्डनमा आयोजना गर्ने एक सेमिनारमा भाग लिन विहीवार साँझ लन्डन उत्रेका हुन् ।

केसीको स्वागतको लागि गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहाकार विश्वआर्दश पण्डित हिथ्रो विमानस्थलमा पुगेका थिए । उनको स्वागतको लागि गैरआवासीय नेपाली संघका संस्थापक चिरन्जीबी ढकाल, यूरोप संयोजक कुल आचार्य, पत्रकार शीव भण्डारी समेत विमानस्थलमा उपस्थित थिए । उनीसंगै व्यवसायी प्रेम सापकोटा समेत लन्डन आइपुगेका छन् ।

शनिवार लन्डनको सडबरी टाउनस्थित हिमालयन क्लबको सभाहल भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको पत्रकार शीव भण्डारी जानकारी दिए ।

सेमिनारमा नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी पूर्व एनआरएन युरोप क्षेत्रीय संयोजक च्रिन्जीबी ढकाल सहित एकेडेमीका मार्केटिङ डाइरेक्टर गणेश केसी, प्यासेफिकका अन्तर्राष्ट्रिय परामर्श प्रमुख प्रेम सापकोटाले विविध पक्षबारे आफ्नो प्रस्तुति राख्नेछन् ।

बेलायतमा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्केपछिका विकल्पकोरुपमा जानकारी दिन सेमिनार आयोजना गरिएको बताएको छ।

प्यासेफिक अष्ट्रेलिययन अन्तराष्ट्रिय कुलिनरी सर्भिसबाट मान्यता प्राप्त संस्था हो ।