४ बैशाख २०८१, मंगलवार
Follow Us

निर्वाचन तोकिएकै समयमा हुन्छ — केशव पौडेल, एनआरएन अमेरिका

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार ०८:०६

होमप्रसाद लम्साल ।

न्यूयोर्क—गैरआवासिय नेपाली संघ अमेरिकाको विपक्षमा दायर एक मुद्दा अमेरिकास्थिति टेनेसी अदालतको आदेशपछि अब निर्वाचनका लागि बाटो खुलेको छ। नगेन्द्र पौडेललगायतद्वारा मार्च १९ मा दायर मुद्दामा वर्तमान कार्य समिति विघटन, नयाँ तदर्थ समिति गठन र अदालतद्वारा गठित समितिद्वारा निर्वाचन गराउन गरिएको थियो। सो मुद्दा टेनेसी अदालतले मंगलबार खारेज गरेको संघका अध्यक्ष डा.केशव पौडेलले बताए।

३ लाख नेपाली रहेको अमेरिकामा १६ हजार ८ सय ८३ ले एनआरएनका लागि सदस्यता फारम भरेका छन्। सदस्यता वितरण गर्ने समयमा उम्मेदवारको चहलपहल देखिए पनि निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्यौलले अहिले सबै सेलाएका छन्।

अदालतको निर्णयले आफूहरुलाई न्याय दिएकोमा खुसी प्रकट गर्दै डा.पौडेलले भने अहिले यही मुद्दाका कारण रोकिएको सदस्यता भेरिफिकेसनको काम आजैबाट शुरु हुन बताए। १० दिन जति समय बढाएर भएपनि सदस्यताको टुंगो लगाएर निर्वाचन तोकिएकै समयमा हुने उनको दाबी छ।

उता मुद्दा दायर गर्ने पक्ष नगेन्द्र पौडेलले डा.पौडेलले भने जस्तो खारेज नभएको बताउँदै थप ट्रायलमा जाने आदेश दिएको दाबी गरेका छन्। वादीपक्ष नगेन्द्र पौडेलले एनआरएन एनसिसिका अध्यक्ष डा.पौडेलले भनेको कुरामा कुनै सत्यता नभएको बताए।

उता डा.पौडेलले भने सदस्यता भेरिफिकेसन सकिएलगत्तै निर्वाचन समितिलाई नामावली दिएर निर्वाचन प्रक्रिया शुरु गर्ने तयारीमा छन्। गैरआवसिय नेपाली संघ अमेरिकामा गत सन् २०१५ देखि हालसम्म विभिन्न ७ वटा मुद्दा झेलेका अध्यक्ष डा पौडेलले भने, ‘अदालतले न्याय दिएकोले संस्थामा कसले के गरेको छ भन्ने मूल्यांकन त यस संस्थाका न्यायप्रमी सदस्यहरुबाटै हुन्छ।’

३ लाख नेपाली रहेको अमेरिकामा १६ हजार ८ सय ८३ ले एनआरएनका लागि सदस्यता फारम भरेका छन्। सदस्यता वितरण गर्ने समयमा उम्मेदवारको चहलपहल देखिए पनि निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्यौलले अहिले सबै सेलाएका छन्।

आगामी नेतृत्वका लागि वर्तमान अध्यक्षसहित दर्जनौ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निवेदन परे अनुसारको सदस्यता भेरिफिकेसन भएको खण्डमा अमेरिकाबाट केन्द्रिय निर्वाचनमा एक सय ८२ जनाले केन्द्रिय प्रतिनिधिका रुपमा छानिने छन्। त्यसैको आधारमा ८ जना आईसिसि सदस्य बन्नेछन्।

विश्वका ७५ शाखाहरुमध्ये सदस्यताका आधारमा एनआरएनको सबैभन्दा ठूलो शाखा अमेरिका हो। केन्द्रिय निर्वाचन नजिकिएकोले अमेरिकाको निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चलखेल शुरु भएको अनुभूत गरिएको छ।