१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लन्डनमा भूपूगोर्खाको समस्या बुझ्दै सांसदहरु

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार १४:०७


फडिन्द्र भट्टराई ।

समान पेन्सन लगायतका मुद्दाहरुमा लामो समय देखी आन्दोलनरत बेलायती सेनाका अवकाश प्राप्त भुतपुर्व गोर्खा सैनिकहरुको समस्या र बेलायत सरकार संगको वार्ता प्रगति बारे अध्यययन गर्न नेपालका ५ जना सांसदहरु लन्डन आईपुगेका छन्।
सांसदहरुको टोलीमा सर्वदलीय संसदीय समितीका दिलमान पाख्रिन, केशरी घर्ती मगर, अईन्द्र सुन्दर नेवांग, यज्ञ राज सुनुवार र जयन्ती राई छन्। आन्दोलनरत गोर्खा हरुको निमन्त्रणामा उनीहरु लन्डन आईपुगेका हुन्।
लन्डन आगमन संगै उनीहरुले बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीसंग बेलायत सरकार संग भएको वार्ता वारे जानकारी लिएका छन। दुतावासका प्रवक्ता शरदराज आरनका अनुसार उक्त भेटघाटमा राजदुत सुवेदीले गत २९ मार्चमा सम्पन्न वार्ता बारे सांसदहरुलाई अपडेट गरेका हुन्।
यसका साथै उक्त संसदीय टोलीले बेलायतका भूपू गोर्खाहरु संग पनि अन्तरकृया गरेको छ। उनीहरु भूतपूर्व सैनिक संगठन गेसोको कार्यालय पुग्नुका साथै सत्याग्रह संयुक्त संघर्ष समितीको बैठकमा समेत सहभागी भएका छन्।
सांसदहरुले गोर्खा अभियानमा आफुहरुको ऐकवाद्दता रहेको जनाउदै नेपाल सरकार यसप्रति गम्भीर रहेको बताएका थिए।
यसै सन्दर्भमा आगामी बिहीवार बेलायतको रेडिंगमा सांसद हरु संग एक वृहत अन्तरकृया कार्यक्रम आयोजना गरिएको कुरा गोर्खा अभियान्ताहरुले बताएका छन्। गत हाप्ता बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाहरु सम्मिलित वार्ता पश्चात भएको सहमती अनुरुप समस्या समाधानको लागी प्राविधिक समिती गठन गर्ने तयारीमा भूपू गोर्खाहरु रहेका छन्।
बेलायती रक्षा मन्त्रालयमा सम्पन्न वार्तामा नेपाल सरकारको तर्फ बाट बेलायतका लागी नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले बेलायती रक्षा मन्त्री समक्ष समस्या समाधानमा पहल गरिदिन आग्रह गरेका थिए। वार्तापछी तिनै पक्ष सम्मिलित एक प्राविधिक समिती गठन गर्ने सहमती भएको थियो।