१२ बैशाख २०८१, बुधबार
Follow Us

मोर्चाद्वारा आज पनि संसद् बैठक बहिष्कार

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार १५:०५

काठमाडौं । संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले शुक्रबार पनि संसद् बैठक बहिष्कार गरेको छ । शुक्रबार बसेको बैठकको सुरुमै मोर्चाका नेता तथा सासंद अकवल अहमद शाहले संविधान संशोधन प्रकृया कार्यसूचीमा नपरेको भन्दै बैठक बहिष्कार गरेका थिए । उनले संशोधन प्रकृया टुङगोमा नपुगेसम्म बैठकमा सहभागी नहुने र स्थानीय निर्वाचनसमेत नहुने दाबी गरे । मोर्चाका सांसदहरु नाराबाजी गर्दै संसद् हलबाट बाहिरिएका थिए । मोर्चाले केही समयदेखि लगातार संसद् बहिष्कार गर्दै आएको छ ।