१३ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचन भाँड्ने षडयन्त्र

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार १५:२८

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन भाँड्ने अझै प्रयास भइरहेको बताउनुभएको छ । अनेरास्ववियुद्वारा आयोजित कोटेश्वर बहुमुखी क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले निर्वाचनविरुद्ध षड्यन्त्र भइरहेकाले सजग अपनाउनुपर्ने बताउनुभयो ।
उहाँले अझै पनि प्रधानमन्त्री र नेपाली काँग्रेसका सभापति निर्वाचन भनेपछि डराइरहेको आरोप लगाउँदै मधेसमा बाहिरबाट भाडाका मानिस ल्याएर निर्वाचन भाँड्ने षडयन्त्र हुने खतरा औँल्याउनुभयो । तीन तहको निर्वाचन सम्पन्न गरेर देशलाई समृद्धिको बाटामा लैजानुको विकल्प नभएको बताउँदै उहाँले निर्वाचन नभए देश भड्खालोमा पस्ने चेतावनी दिनुभयो ।