१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएन बेल्जियमको चुनाव १३ अगष्टमा

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७३, शुक्रबार २१:१८

गैर आवासीय नेपाली संघ, बेल्जियमको कार्यसमितिको पूर्ण वैठक संघका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा आन्त्वारपेनमा सम्पन्न भएको छ । कार्यसमितिको पूर्ण वैठकमा संघका महासचिव लोकप्रसाद दाहालले प्रस्तुत गरेका विभिन्न महत्वपूर्ण एजेण्डाहरुमाथि छलफल गर्दै सर्वसम्मतले पारित गरेको संघका महासचिव दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरेका छन् ।

महासचिव दाहालद्धारा हस्ताक्षरित विज्ञप्तिका अनुसार, बेल्जियमको आन्त्वारपेन शहरमा जुलाईको दोश्रो हप्ता शनिवारका दिन हुन गईरहेको नेपाल महोत्सव २०१७ लाई भव्यताका साथ सपन्न गर्नको लागि चिनिया दुवालको संयोजकत्वमा ३ सदस्यीय समिति तोकको छ । जसमा क्षेत्रिय रुपमा जिम्मेवारी लिनेगरी ब्रुजबाट कमल पन्थी, ब्रसेल्सबाट भीम सुवेदी र ल्युभेनका गोविन्दसिंह अधिकारी रहेको छन् ।

आगामी १३ अगष्ट २०१७ का दिन हुने गैर आवासीय नेपाली संघ, बेल्जियमको अधिवेशन तयारीका लागि १५ अप्रिल २०१७ बाट नै नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरण वितरणको लागि संघका उपाध्यक्ष पदम गुरुङ्गको संयोजकत्वमा १३ सदस्यीय सदस्यहरुलाई जिम्मेवारी तोकेको छ । जसमा कृष्ण पौडेल, यशोदा सुवेदी, गोविन्दसिंह अधिकारी, राकेश कर्माचार्य, राम पुन, कमल पन्थी, भीम सुवेदी, मिण्ड गुरुङ्ग, चिनिया दुवाल, पूर्ण तिमिल्सिना, हरि भट्टराई, धर्म पाठक रहेका छन् । सदस्यता वितरणका क्रममा आवश्यक परे अन्य सदस्यहरु समेत थप्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै अधिवेशन नजिकिदै जाँदा गैर आवासीय संघ, बेल्जियमको आर्थिक कारोवारलाई पारदर्शी बनाउनको लागि यस समितिको कार्यकालमा भए गरेका आर्थिक कारोवारका विल भरपाईहरुलाई आगामी वैठकमा पेश गर्ने निर्णय समेत भएको छ ।

वैठकमा विविध विषयमाथि छलफल गर्दै “ एक देश एक वर्ष, एक परियोजना” अन्र्तगत जुन महिना मा च्यारिटी डिनर कार्यक्रम आयोजनाको लागि आईसीसी सदस्य नेत्र मगरको संयोजकत्वमा आईसीसी सदस्य चिजकुमार श्रेष्ठ र जानकी गुरुङ्गलाई जिम्मेवारी दिइएको छ । गैर आवासीय नेपाली संघ, बेल्जियमको ११ औं बार्षिक साधारण सभाले पास गरेको विधान २०१६ अनुरुप क्षेत्रीय समिति, थप सदस्य तथा प्रवक्ता नियुक्तिका सम्वन्धमा आगामी वैठकमा छलफल गर्ने निर्णय भएको छ ।

कार्यसमितिको पूर्ण वैठकमा एनआरएए केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, यूरोप सह—संयोजक प्रेम गुरुङ्ग, आईसीसी सदस्यहरु जानकी गुरुङ्ग, नेत्र मगर, चिजकुमार श्रेष्ठ लगायत सल्लाहकारहरुको समेत उपस्थिति रहेको थियो ।