१६ चैत्र २०८०, शुक्रबार
Follow Us

खाती, श्रेष्ठ र रिजाललाई नइ पुरस्कार

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७३, शनिबार ०८:११

काठमाडौं । नइ प्रकाशनले काठमाडौं उपत्यका बाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्वपूर्ण योगदान पु-याएबापत रुपन्देहीका अजम्बरध्वज खातीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
छ दशकअघिदेखि नेपाली भाषासाहित्यमा निरन्तर समर्पित भई एक दर्जन सिर्जनात्मक कृतिको लेखन र प्रकाशन गर्दै साहित्यिक सङ्गठनका लागि समेत समर्पित ८२ वर्षीय खातीलाई सो पुरस्कार समर्पण गर्ने निर्णय गरिएको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।
त्यसै गरी काठमाडौँ उपत्यका बाहिर बसेर सिर्जनात्मक र सङ्गठनात्मक रुपमा नेपाली भाषासाहित्यका सेवामा निरन्तर समर्पित रहँदै पु¥याएको योगदानका निम्ति चितवनका साहित्यकारद्वय गायत्री श्रेष्ठ र सरस्वती रिजाललाई संयुक्त रुपमा ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ । ती पुरस्कारको राशि रु पचास पचार हजार छ ।
प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शुक्रबार बसेको प्रकाशनको बैठकले सो निर्णय गरेको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको ९८ औंँ जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंँमा ती पुरस्कार प्रदान गरिने छ ।