१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७३, शनिबार १४:११

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । उहाँ नियमित उपचारका क्रममा बैंकक जानुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो । उहाँ दिउँसो थाई एयरवेजको विमानबाट श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुभएको हो ।
पछिल्लोपटक भदौ अन्तिम साता उहाँ उपचारका क्रममा बैँकक जानुभएको थियो । उहाँ उपचार गरेर एकसातापछि स्वदेश फर्कनुहुने प्रेस संयोजक अधिकारीले बताउनुभयो । मिर्गौला प्रत्यारोपण गरेपछि अध्यक्ष ओली पटक पटक नियमित उपचारको क्रममा बैंकक गइरहनुभएको छ ।