१५ चैत्र २०८०, बिहीबार
Follow Us

निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यक : प्रमुख आयुक्त

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७३, शनिबार १४:२०

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट सहयोग र प्रतिबद्धता हुने विश्वास व्यक्त गर्नुभएको छ ।
रिपोर्र्टर्स क्लब नेपालको १९औँ वार्षिकोत्सव समारोहमा उहाँले निर्वाचन आयोग तयारीका हिसाबले दिन गन्ती सुरु गरी अत्यन्तै मेहनतका साथ मध्यचरणमा पुगेको जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ । उक्त निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली स्वीकृत भइसकेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो – “ऐतिहासिक यो महान अभियानको जिम्मेवारीलाई पूरा गर्न आम नागरिक, राजनीतिक दल र सबैपक्षबाट सहयोग र सद्भाव होस् ।
उक्त निर्वाचन चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिकामा एकै चरणमा एउटै समयमा हुँदैछ । स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा प्रदान गर्न निर्वाचन आयोगले महिला स्वयंसेविका, मातृशिशु कार्यकर्ता र शिक्षक÷शिक्षिका परिचालन गर्दैछ ।