१३ बैशाख २०८१, बिहीबार
Follow Us

कार्यक्रम अवरोध गर्न खोज्ने मोर्चा कार्यकर्ता प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७३, शनिबार १४:२३

लहान । नेकपा एमालेको कार्यक्रममा अवरोध गर्न खोज्ने मधेसी मोर्चाका १७ जना नेता, कार्यकर्तालाई प्रहरीले आज सिरहाको लहानमा पक्राउ गरेको छ । एमालेका पोलिटब्युरो सदस्य एवम् राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष रामप्रित पासवान, सांसद रामचन्द्र यादव, केन्द्रीय सदस्यहरु लीलानाथ श्रेष्ठ, धर्मनाथ यादवलगायतका नेताहरुको उपस्थितिमा लहानस्थित नगरसभा हलमा आयोजित कार्यक्रममा अवरोध गर्न खोजेपछि मोर्चाका १७ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कार्यक्रममा अवरोध गर्न जाँदा बाटोमै रोकेर मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक हीराबहादुर पाण्डेले जानकारी दिनुभयो ।