१५ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनको विरोध छोड्नुभयो

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७३, आईतवार ०७:०८

पाम बिच । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरोधी आफ्नो भनाइ छोड्नुभएको छ भने शुक्रबार चिनियाँ समकक्षी सी जिनपिङसँगको शिखर वार्तापछि उहाँहरूबीच उत्कृष्ट सम्बन्ध रहेको बताउनुभएको छ । फ्लोरिडाको मार–अ–लागो पर्यटनस्टलमा दुई नेताबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पसले चीनसँगको सम्बन्धमा ठूलो प्रगति हासिल भएको बताउनुभयो ।
उहाँले यस विषयमा वास्तवमै प्रगति भएको बताउनुभयो । अमेरिकी राष्ट्रपति ट्रम्पले निर्वाचनमा चीनले अमेरिकी अर्थतन्त्रमा प्रभाव पारेको बताउँदै दण्डात्मक कर लगाएर बेइजिङलाई दण्ड दिने बताउनुभएको थियो ।
चिनियाँ राष्ट्रपति सीले पनि शिखर बैठक निकै महत्वपूर्ण भएको बताउँदै न्यानो आतिथ्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिनुभयो । बेइजिङका सबैभन्दा शक्तिशाली नेता राष्ट्रपति सीले अमेरिकी समकक्षीलाई चीन भ्रमणको निमन्त्रणा दिनुभएको र यसलाई अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकार गर्नुभएको बताइएको छ ।