१५ चैत्र २०८०, बिहीबार
Follow Us

मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या वृद्धि

नेपालब्रिटेन डट कम्
२७ चैत्र २०७३, आईतवार ०९:१३

हेटौँडा । पाश्चात्य मुलुकको अनुकरणसँगै मकवानपुरमा सम्बन्धविच्छेद गर्नेको सङ्ख््यामा वृद्धि भएको छ । विभिन्न सामाजिक सङ्घ–संस्थाको सहयोगमा समाजमा समान हैसियतका लागि महिलावर्गले सङ्घर्ष गर्दै आएका छन् भने पछिल्लो समय सानातिना विवादले पनि सम्बन्धविच्छेद हुने गरेको यसै क्षेत्रका काम गर्नेहरुको अनुभव छ ।
स्थानीय निकायमा मेलमिलाप केन्द्रको व्यवस्था भएपनि वैदेशिक रोजगार, विलासिताको लागि भइरहेको अस्वस्थ प्रतिस्पर्धालगायतले पनि सम्बन्धविच्छेदको कारण बन्ने गरेको भिमफेदी गाँउपालिका मेलमिलाप केन्द्रका अध्यक्ष गोपालप्रसाद पनेरुको भनाइ छ । उहाँ भन्नुहुन्छ ¬– “महिला हिंसामा परेका महिलाको हकमा मेलमिलाप गराउँदा पनि कतिपय घटना बारम्बार दोहोरिने गरेका कारण अहिले महिलाले सहनुभन्दा अलग बस्नु उचित ठान्न थालेका छन्। ”
उहाँ भन्नुहुन्छ– “श्रीमान् विदेश गएका महिलाको हकमा सामाजिक बेथितिका कारण सम्बन्धविच्छेदका लागि आउनेको सङ्ख्या पनि बढेको छ ।” चालु आर्थिक वर्षको आठ महिनामा सम्बन्धविच्छेदको लागि मुद्दा दर्ता गर्नेको सङ्ख्या बढेको हो । साउनदेखि हालसम्म दुई सय ११ वटा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको उक्त अदालतले जनाएको छ । सम्बन्धविच्छेदका लागि परेका २११ वटा मुद्दामध्ये एक सय ६४ वटा मुद्दा फछ्र्यौट भइसकेको छ भने ४७ वटा मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदालतका श्रेस्तेदार अनन्तराज मरासिनिले जानकारी दिनुभयो ।
जसमध्ये ६३४ वटा मुद्दा फछ्र्यौट भइसकेका छन् भने पाँच सय ४८ वटा मुद्दा फछ्र्याैट हुन बाँकी रहेको श्रेस्तेदार मरासिनीले बताउनुभयो ।