११ बैशाख २०८१, मंगलवार
Follow Us

स्टकहोम आक्रमणमा स्वीस, बेलायती र बेल्जियन नागरिक भएको पुष्टि

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार ०६:५२

स्टकहोम । गत शुक्रबार स्वीडेनको राजधानी स्टकहोममा ज्यान गुमाउने चार जनामध्ये दुई स्वीडेनी, एक बेलायती र एक जना बेल्जियन नागरिक भएको स्वीडेनको प्रहरीले पुष्टि गरेको छ । स्वीडेनको प्रहरीको टेलिभिजन (एसटीभी) ले प्रहरी स्रोतलाई उद्धृत गर्दै भनेको छ, “शुक्रबार मध्य स्टकहोममा आतङ्कवादी हमलामा परी मृत्यु हुने सबै जनाको परिचय खुलेको छ ।” प्रहरीका अनुसार मृत्यु हुने दुई स्वीडेनी एक बेलायती र एक बेल्जियन नागरिकको परिवारलाई सम्बन्धित स्रोतमार्फत् जानकारी गराइसकिएको छ । हमलामा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा १५ जना घाइते भएका थिए भने चार जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले बताएको एसटीभीले जनाएको छ ।