८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल एयरलाईन्सका सिनियर क्याप्टेननै अबैध अमेरिकी डलरसहित पक्राउ

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार ०७:१२

काठमाडौं । नेपाल एयरलाईन्सका सिनियर क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित पक्राउ परेका छन् । पाइलट जस्तो व्यक्ति यति ठूलो डलरसहित पक्राउ परेपछि प्रहरी पनि अचम्ममा परेको छ । आईतबार साँझ आरए २२९ जहाजको उडान भर्नका लागि एयरपोर्ट पुगेका अवालेलाई चेकजाँचको क्रममा नियन्त्रणमा लिईएको त्रिभुवन विमानस्थलका एसएसपी प्रेम चन्दले जानकारी दिए । यति ठुलो रकम कहाँ बाट आयो त्यो भने अहिले सम्म खुल्न सकेको छैन ।