१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेउबा महासंघको साधारण सभामा कुलमान घिसिङलाई सम्मान

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार ०९:२८

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५१ औं साधारणसभा काठमाडौंमा सुरु भएको छ । नयाँ नेतृत्व चयनसमेत गर्ने साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पूँजीको आवत–जावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गर्नुपर्ने औल्याएका छन् । मुलुकको प्रतिस्पर्धात्मक क्षमता बढाउन निर्यात व्यापारमा शून्य करको अवस्था रहेको सन्दर्भमा संघीय प्रणालीमा मुलुकभित्रै वस्तु, सेवा र पूँजीको आवत–जावतमा कुनै पनि प्रकारका कर नलाग्ने व्यवस्था गरी आन्तरिक बजारलाई अखण्डित राख्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । महासंघले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई ‘पब्लिक सर्भिस ट्रेण्ड सेटर गोल्ड अवार्ड’बाट सम्मान गरेको छ । उर्जा संकटलाई पार लगाउने दिशामा महत्वपूर्ण काम गरेको भन्दै घिसिङलाई महासंघले सम्मान गरेको हो । भोलिसम्म चल्ने सधारणसभाले विधानतः बरिष्ठ उपाध्यक्ष भवानी राणालाई स्वतः अध्यक्षमा चयन गरी बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यहरु निर्वाचित गर्ने छ । बरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले त्यसका लागि तीब्र प्रतिस्पर्धा हुँदै छ । शेखर गोल्छा र किशोरकुमार प्रधान बरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा छन् । तीन उपाध्यक्षमध्ये एशोसियटतर्फ निर्विरोध निर्वाचित भइरहेको छ । सहमतिको प्रयास सफल नभए एक बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्य चयनका लागि भोलि मतदान हुने छ ।