१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनको नमस्ते अभियानमा संस्थापक अध्यक्ष डा. महतो सकृय

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार १०:१०

नेपालको आर्थिक विकासका लागि पर्यटन सबभन्दा प्रभावकारी माध्यम भए पनि यसको समयोचित प्रबद्र्धन हुन नसक्दा यो क्षेत्रबाट लिन सकिने लाभ मुलुकले लिन सकेको छैन ।

मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रले करिब तीन प्रतिशत योगदान गरेको छ । यो आँकडा ह्वात्तै बढाउन नसकिने हैन । त्यसैले विदेशमा रहेका नेपालीहरुअहिले नेपालको पर्यटन प्रबद्र्धनमा लागिरहेका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को आयोजनामा मुलुकमा अन्तर्राष्ट्रियस्तरबाट पर्यटन प्रवद्र्धनका लागि ‘अतिथि देवो भवः’ भन्ने मूलनाराका साथ ‘नमस्ते अभियान’ आइतबारदेखि सुरु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गैरआवासीय नेपाली सङ्घ, पर्यटन क्षेत्रमा क्रियाशील सङ्घसंस्था लगायतको सहयोगमा अभियान सुरु भएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा राज्य मन्त्री पर्शुराम तामाङले सो अभियानको शुभारम्भ गर्दै अभियानले नेपालको सांस्कृतिक क्षेत्र, सम्पदा तथा पर्यटन क्षेत्रका बारेमा अन्तर्राष्ट्रिय तहमा जानकारी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अतिथिलाई स्वागत सत्कार गरी राम्रो सूचना उपलब्ध गराएर उनीहरुलाई प्रभाव पार्नसकेमा पर्यटकले नै देशको बारेमा प्रचार गर्ने विचार व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष तथाअतिथि देवो भवःका संयाोजक भवन भट्टले सो अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिँदै सन् २०१८ सम्ममा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो ।

सो अभियान काठमाडौँका साथै लुम्बिनी, पोखरा र चितवनबाट सुरु भएको र आगामी दिनमा अन्य जिल्लामा विस्तार गरिनेछ । सन् २०१६ मा करिब आठलाख पर्यटक नेपाल आएको बताइएको छ ।