१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल प्रहरीको महानिरीक्षकमा प्रकाश अर्याल

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार १४:२२

सरकारले सोमबार साँझ डिआइजी प्रकाश अर्याललाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने भएको छ। अर्याललाई आइजीपीमा नियुक्त गर्न मन्त्रिपरिषदको बैठक अहिले सिंहदरबारमा जारी छ।

अदालतले जयबहादुर चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारी निर्णय बदर गरेपछि वरिष्ठता र मूल्यांकनका आधारमा अर्याललाई नियुक्त गर्न लागिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

कार्यसम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका डीआईजी प्रहरीको नयाँ प्रमुख बन्नेछ ।

सर्वोच्चले डीआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय खारेज गर्दै चार वर्षको कार्यसम्पादनमा पहिलो हुनेलाई आईजीपी बनाउन निर्देशन दिएको थियो ।