१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा दक्ष जनशक्तिले अभाव कम गर्न आग्रह

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार १४:३१

स्वदेशमा लगानीमात्र होइन, दक्ष जनशक्ति समेत उत्पादन गर्न गैर आवासीय नेपालीलाई सुझाइएको छ । मासिक ४० हजार श्रमिक रोजगारीका लागि विदेशिएको जनाउंदै लन्डनमा आयोजित एक कार्यक्रमका सहभागीले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न खांचो रहेको औंल्याए ।

नेपालस्थित प्यासिफिक हस्पिटालिटी एण्ड कलिनरी एकेडेमीले लन्डनमा आयोजना गरेको एक सेमिनारमा उक्त एकेडेमीका सञ्चालक एवं एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीले ९८ प्रतिशत नेपाली निम्न स्तरको लेबर काममा विदेश जाने गरेको दृष्टान्त पेश गर्दै अब आर्थिक समृद्धि र रोजगारीका लागि एनआरएनले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए ।

‘नेपालमा व्यवसायिक शिक्षाको महत्व र विश्वमा सीपमुलक रोजगारीको माग’ विषयक उक्त सेमिनारमा केसीले दक्ष जनशक्तिकै लागि अष्ट्रेलियन सरकारबाट स्वीकृति लिएर आफूले एकेडेमी सञ्चालन गरेको दावी गरे ।
कार्यक्रममा एकेडेमीका अन्तर्राष्ट्रिय कन्सल्टेन्ट प्रेम सापकोटाले नेपालमा चार हजार बढि सेफ आवश्यक भएको जानकारी दिंदै आफ्नो एकेडेमी त्यो अभाव पुरा गर्न जुटिरहेको बताए ।

कार्यक्रममा एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए आइसीसी सल्लाहकार विश्वआदर्श पण्डित, बेलायतका लागि नेपाल पर्यटन बोर्ड प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, एनआरएनए युरोप पूर्व संयोजक चिरन्जिवी ढकाल लगायतले व्यवसायिक शिक्षामा एनआरएन लगानीबारे धारणा राखेका थिए ।

http://bit.ly/2nxpKbB