१३ बैशाख २०८१, बिहीबार
Follow Us

उपसभामुख यादवसँग अमेरिका न्युजर्सीका उपसभामुख जोनसनको भेट

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७३, सोमबार १४:४७

काठमाडौं । अमेरिकी राज्य न्युजर्सीका उपसभामुख गोर्डन एम जोनसनले उपसभामुख गंगाप्रसाद यादवसँग भेट गरेका छन् । संसद भवनमा भएको भेटमा दुई पक्षीय सहयोग आदान–प्रदानबारेमा छलफल भएको थियो । अमेरिकी संघीय संरचनाबारे पनि छलफल भएको थियो । उपसभामुख यादवको निमन्त्रणामा जोनसन नेपाल भ्रमणमा आएका हुन् ।
उपसभामुख यादवका राजनीतिक सल्लाहकार शम्भुप्रसाद घिमिरेका अनुसार जोसन बैशाख २ गतेसम्म नेपाल भ्रमणमा रहनु हुने भएको छ । भ्रमण टोलीमा एम जोनसनका श्रीमति ज्याक्लिन एम जोनसन, वातावरण तथा भूसंरक्षण समितिका अध्यक्ष टिम इस्टेन्सन, मुख्य सचिव चिल्स हिलम्यान छन् ।
उपसभामुख जोनसनले भोलि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।