४ बैशाख २०८१, मंगलवार
Follow Us

भैरवको रथ तान्नेक्रममा तौमढीमा झडप, तीन प्रहरीसहित पाँच जना घाइते

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार ०७:०६

भक्तपुर । भक्तपुरमा सोमबारदेखि सुरु भएको बिस्केट जात्रामा भैरवको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा प्रहरीसहित पाँच जना घाइते भएका छन् । प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक निरीक्षक अम्बिका लामा, प्रहरी जवान लक्ष्मी मल्ल, वंशगोपालका सरोज शिल्पकार र कमल विनायकका सञ्जीव मधिकर्मी घाइते भएका हुन् । भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि प्रहरी नायब निरीक्षक खत्रीलाई प्रहरी अस्पताल ‘रिफर’ गरिएको छ भने अन्यको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । तौमढीमा रथ तान्ने क्रममा हिजो राति ९ बजेदेखि ढुंगा हानाहान भएको हो । विस्केट जात्राका क्रममा हरेक बर्ष भक्तपुरमा बिभिन्न टोलबासीबीच झडप हुन्छ । झडपलाई ध्यानमा राखेर जात्राका लागि एक हजार भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ ।