१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेउवा महासंघको बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यका लागि आज मतदान

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार ०७:१०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्य चयनका लागि आज मतदान हुँदैछ । ६८ पदमा नयाँ नेतृत्व छान्न केही समयपछि मतदान प्रक्रिया सुरु हुने र चार घन्टाभित्र मतदान सकिने निर्वाचन समितिले जानकारी दिएको हो । महासंघको विधानअनुसार बरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष, जिल्ला÷नगर उपाध्यक्ष र वस्तुगततर्फका उपाध्यक्षका लागि चुनाव हुन लागेको हो । वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा र किशोर प्रधान प्रतिस्पर्धामा छन् । बरिष्ठ उपाध्यक्षका प्रत्यासी शेखर गोल्छाले १९ जनाको प्यानल तयार गरेका छन । किशोर प्रधान प्यानलबाट तीन जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी, जिल्ला नगरको उपाध्यक्षमा गोल्छा प्यानलबाट दिनेश श्रेष्ठ र प्रधान प्यानलबाट प्रमोद श्रेष्ठ प्रतिस्पर्धामा छन् । वस्तुगतको उपाध्यक्षमा उमेश श्रेष्ठ, अनुप मल्ल र शंकर पाण्डे चुनावी मैदानमा छन् । श्रेष्ठ र पाण्डे क्रमशः गोल्छा र प्रधान प्यानलका हुन् । मल्लले भने स्वतन्त्र उम्मेदबारी दिएका हुन । जिल्ला, नगर, द्वि–राष्ट्र, प्रदेश र संस्थापकबाट एक जना गरी ३३, एसोसिएटमा १९ र वस्तुगतमा १४ जनाका लागि चुनाव हुँदैछ ।