१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौं बौद्धमा गुण्डा नाइकेबीच गोली हानाहान

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार ०७:१६

काठमाडौं । काठमाडौंको गौरीघाटमा गोली लागेर एक जना घाइते भएका छन् । दिव्या पार्टी प्यालेसनजिकै अज्ञात समूहको गोली लागेर गुण्डा नाइके दावा लामा घाइते भएका हुन् । तीन वटा गोली लागेका लामाको मोडल कलेज जोरपाटीमा उपचार हुँदै । ढाडमा गोली लागेका लामालाई पैदल आएका एक व्यक्तिले चार राउण्ड गोली हानेर भागेको बताइएको छ । गुण्डा समूहबीचको विवादका कारण गोली चलेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।