१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कोसेली नेपाली सांस्कृतिक परिवार यूकेमा शर्मिला

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार ०८:०४

लन्डन । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेमा नयां नेतृत्व सर्वसम्मत चयन भएको छ । आइतबार रोयल क्लव रेष्टुरेन्ट 
ग्रीनफोर्ड लन्डनमा सम्पन्न कासेलीको सातौं सम्मेलनले शर्मिला सिंहको अध्यक्षतामा चौधौं कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सन् २०१७ देखि २०२० सम्म कार्यकाल रहने उक्त नयां कार्यसमितिमा अध्यक्ष शर्मिला सिंह, उपाध्यक्ष रुवी थापा, महासचिव खेमराज गौतम, सचिव निश्चल दाहाल, कोषाध्यक्ष पुनम पाठक, नृत्य संयोजक गिता थापा, संगीत संयोजक अमर लामा चयन भएका छन् ।
त्यसैगरि, सदस्यहरुमा रोजन भण्डारी, राजकुमार सिंह, उपासना भट्ट र सुवर्ण थापा क्षेत्री चयन भए । निर्वाचन अधिकृत मिनबहादुर बानियाले नयां कार्यसमिति घोषणा गरेका थिए ।