April 2, 2020

नेपलिज ड्राइभिङ इन्सट्रक्टर एसोसिएसन यूकेको साधारणसभा शुक्रवार

  11th April 2017 मा प्रकाशित

लन्डन । नेपलिज ड्राइभिङ इन्सट्रक्टर एसोसिएसन यूकेको दोश्रो साधारणसभा यही अप्रिल १४ तारिखका दिन लन्डनमा हुने भएको छ । नर्थहोल्टस्थित ब्लु अर्किड रेष्टुरेन्टमा साधारणसभा हुन लागेको हो ।
साधारणसभाले ३ वर्षका लागि नयां नेतृत्व चयन 
गर्ने एसोसिएसनका महासचिव राज विष्टले जानकारी दिए । एसोसिएसनले उक्त सभामा सहभागी हुन नयां प्रशिक्षकहरुलाई निमन्त्रणा समेत गरेको छ ।

करिब ५५ जना दक्ष प्रशिक्षक सदस्य रहेको उक्त संस्था गत ९ डिसेम्बर २०१२ मा गठन भएको थियो । बेलायतका विभिन्न स्थानमा रहेका नेपाली प्रशिक्षकबीच सम्वन्ध विस्तार र सामाजिक तथा व्यवसायिक कार्यमा सक्रिय रहेको उक्त संस्थाले यूकेमा हजारौं नेपाली तथा अन्यलाई प्रशिक्षण दिइ दक्ष बनाइसकेको दावी गरेको छ ।

प्रतिक्रिया