April 8, 2020

चलचित्र “तुयुमती” जापानमा प्रदर्शन

  11th April 2017 मा प्रकाशित

चलचित्र “तुयुमती” जापान टोक्योको मेगुरो कुमिन सेन्टरमा अप्रिल १० तारेख आइतवारको दिन प्रदर्शन सम्पन्न गरेको छ । जापानको टोकियोमा प्रदर्शन गरिएको चलचित्र “तुयुमती” ले दर्शकहरुको मन छोएको संयोजक सबिता श्रेष्ठले बताएको छ । बिदेशी भूमिमा रहेर नेपाल भाषा चलचित्र “तुयुमती”को नेपाली भर्सन हेर्न पुगेका जापानबासीहरुलाई चलचित्रको कथाले मन छुने गरि कहिले हँसायो त कतिखेर भावुक बनायो ।

साथीहरुको लहै लहमा आफ्नो लोग्नेलाई पैसा कमाउनको लागि बिदेश पठाउँदा विदेशबाट भौतिक सामग्री त नेपाल भित्रियो तर बदलामा आफ्नो लोग्ने गुमाउनु परेको एक ज्ञान मुलक कथावस्तु बनाएर तयार गरिएको चलचित्र “तुयुमती”हेर्नको लागि तोक्योबासी नेपालीहरुको उपस्थित रहेको थियो ।

कार्यक्रमका अतिथि तथा दर्शकहरुले चलचित्र “तुयुमती” हेरेर विदेशीने नेपालीको वास्तविकता अनुभवको महशुस भएको र अर्को पटक नेपाल भाषाको
चलचित्र पनि प्रदर्शन गर्नु पर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया