१४ बैशाख २०८१, शुक्रबार
Follow Us

तेजेन्द्र रोकाको अध्यक्षतामा नेपाल इन्जिनियर्स एसोसिएसन यूके गठन

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार १४:००

गत शनिबार भएको नेपाली इन्जिनियरहरुको एक वृहत भेलाले इन्जिनियर तेजेन्द्र रोकामगरको अध्यक्षतामा ११ सदस्यीय नेपाल इन्जिनियर्स एसोसिएसन यूके सम्पर्क केन्द्र चयन गरेको छ ।

समितिको उपाध्यक्षमा उज्ज्वल ढकाल, महासचिव लोकराजसिंह, उपमहासचिव सुमन लामा र कोषाध्यक्ष उदिप राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा हेमन्त पाण्डे, ध्रुवराज शर्मा, सुरज राई, मनेन्द्र राई, रविन्द्र मोक्तान र अमृत थापा चुनिएका छन् ।

गत वर्ष डिसेम्बर ११, २०१६ का दिन लन्डनस्थित नेपाली इन्जिनियरहरुको प्रारम्भिक कमिटीले विधान अनुरुप एसोसिएसनसमक्ष यूके सम्पर्क केन्द्र खोल्न निवेदन दिएको थियो । नेपाल इन्जिनियर्स एसोसिएसन (एनइए) ले सो निवेदन स्वीकार गरेपछि बेलायतमा केन्द्र खोलिएको हो। केन्द्रको औपचारिक उद्घाटन आगामी जुलाइ- अगष्टतिर एनइएका केन्द्रिय प्रतिनिधिबाट गर्ने निर्णय गरिएको छ ।

सम्पर्क केन्द्रलाई आगामी दिनमा यूकेमा रहेका सम्पूर्ण नेपाली इन्जिनियरहरुबीच सम्पर्क थलोका रुपमा केन्द्रलाई विकसित गर्दै लगिने अध्यक्ष तेजेन्द्र रोकामगरले बताए । केन्द्रले नेपाल र यूकेमा रहेका सम्पूर्ण नेपाली इन्जिनियरहरुबीच प्रविधि र सीप आदानप्रदान गर्ने, यूकेमा रहेका नेपाली इन्जिनियरहरुलाई एसोसिएसनको एउटै छातामुनि ल्याउन पहल गर्ने योजना पनि अघि सारेको छ । भेलाले सम्पर्क केन्द्र खोल्न स्वीकृत दिएकामा नेपाल इन्जिनियर्स एसोसिएसनलाई धन्यवाद समेत दिएको थियो।

सन् १९६२ मा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसनको बेलायत सम्पर्क केन्द्र विदेशमा गठित पाँचौं शाखा हो।