१३ बैशाख २०८१, बिहीबार
Follow Us

अदालतको सम्मान र सरकारको कार्यकारी अधिकार रक्षा भएको छ

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७३, मंगलवार १४:५४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको सम्मान गरिएको बताएका छन् ।

संविधान संशोधनको नयाँ प्रस्तावले मधेसी मोर्चालाई निर्वाचनमा आउन सहज बनाउने दावी गरेका प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री कमल थापा नेतृत्वको कार्यदलले मधेसी मोर्चा र सत्तारुढ गठबन्धनसँग छलफल गरेपछि निर्वाचन दुई चरणमा गर्ने वा नगर्ने टुङ्गो लाग्ने जानकारी गराए ।

तराईका केही जिल्लामा १०÷१५ दिन ढिला निर्वाचन गराउँदा राष्ट्रको हित हुन्छ भने सरकार त्यसो गर्न पनि तयार हुने प्रधानमन्त्रीको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले सुशासनलाई उच्च प्राथमिकता दिएर सरकारले काम गरिरहेको भन्दै त्यसको परिणामसमेत देखिन थालेको दावी पनि गरेका थिए ।