११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपालब्रिटेन डट कम स्थापित र सम्मानित मिडिया हो : डा उपेन्द्र महतो, संस्थापक अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार १०:२३

लन्डन । गैरआवासीय नेपाली सँघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपालब्रिटेन डट कम स्थापित र सम्मानित मिडिया भएको बताएका छन् । डा महतोले नेपालब्रिटेन डट कमको नवौं वार्षिकोत्सव कार्यक्रमलाई शुभकामना सन्देश पठाउदैं उक्त कुरा वताएका हुन् ।
डा महतोले पठाउनु भएको शुभकामना सन्देशको पूर्णपाठ

श्री संपादक ज्यू,
नेपाल ब्रिटेन डट कम
नेपाल ब्रिटेन डट कमले आफ्नो दशौं वार्षिकोत्सव मनाउन लागेको समाचारले
मलाई हर्षित तुल्याएको छ । आफ्नो स्थापनाकाल देखि नै सत्य, तथ्य समाचार र
गैरआवासीय नेपाली एजेण्डालाई प्रभावकारी ढंङ्गबाट उठाउँदै आएको नेपाल
ब्रिटेन डट कम अनलाइन संसारमा अब स्थापित र सम्मानित नाम बनिसकेको छ ।

आजको युग नयाँ मिडियाको युग हो । अनलाइन मिडियाको आगमनले नयाँ पुस्तापनि
संसारभरि छरिएर रहेका नेपालीहरूको गतिविधी र मुलुकमा भइरहेका
परिवर्तनप्रति बेखबर छैन । यस अर्थमा विश्वभरि छरिएका नेपाली समुदायलाई
नेपालसँग जोड्ने गैरआवासीय नेपाली अभियानको सबैभन्दा महत्वपूर्ण
उद्देश्यमा तपाईंहरुका जस्तो मिडियाले ठूलो योगदान गरेका छन् भन्ने मलाई
लाग्छ । त्यसका लागि हार्दिक आभार व्यक्त गर्दछु ।

सत्य, तथ्य, न्याय र तटष्ठताबाट बिचलित नभई पत्रकारिताको धर्म निर्बाह
गर्नु हुनेछ भन्ने आशा र विश्वास व्यक्त गर्दै नेपाल ब्रिटेन डट कमको
उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

upendra-mahato

डा. उपेन्द्र महतो
संस्थापक अध्यक्ष
गैरआवासीय नेपाली संघ