२५ बैशाख २०८१, मंगलवार
Follow Us

मधेसी मोर्चा स्थानीय तहको अधिकार कटौतीमा उद्दत

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७३, बुधबार ०९:२२

पाल्पा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन हुन नदिएर मधेसी मोर्चा प्राप्त उपलब्धी ‘खतरा’मा पार्ने योजनामा रहेको आरोप लगाएका छन् ।
पाल्पाको तानेसनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले लोकतान्त्रिक विधिविरुद्ध लागेको मोर्चा स्थानीय तहको अधिकार कटौतीमा पनि उद्दत रहेको भन्दै त्यसविरुद्ध जनताले खबरदारी गर्नुपर्ने बताएका हुन् ।
राजनीतिक परिवर्तनलाई संस्थागत गर्न निर्वाचन अत्यावश्यक रहेको बताएका नेता पौडेलले बैशाख ३१ का लागि निर्धारित स्थानीय तहको चुनाव कुनै पनि हालतमा सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।
चुनावलाई कुनै पनि दलको हार–जितभन्दा राष्ट्रको निकाससँग जोड्नु पर्ने उनको भनाइ थियो ।