१५ बैशाख २०८१, शनिबार
Follow Us

मतदाता नामावलीको अन्तिम विवरण केही दिनमै सार्वजनिक हुने

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७३, बुधबार ०९:२३

काठमाडौं । निर्वाचन आयोगले मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै ‘वेबसाइट’बाट सार्वजनिक गर्ने भएको छ । सबै जिल्लाबाट मतदानस्थलको सिफारिस भइसकेकाले त्यसलाई अन्तिम रुप दिने काम भइरहेको निर्वाचन आयोगले जनाएको हो ।
आयोगका अनुसार मंगलबार सिरहा र सप्तरीबाट समेत मतदान केन्द्रको संख्या यकिन भएर आएको हो । आयोगका अनुसार सिरहामा दुई सय १८ र सप्तरीमा दुई सय ९२ मतदान केन्द्र रहने छन् ।
केही दिनअघि मात्रै धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको मतदानस्थलको विवरण प्राप्त भएको आयोगले जनाएको छ । स्थानीय राजनीतिक दल सम्मिलित जिल्ला समन्वय समितिको सिफारिसमा मतदानस्थल निश्चित गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा विवरण उपलब्ध गराउने व्यवस्था छ ।
मतदाता संख्याको आधारमा केन्द्र निर्धारण गर्ने गरी अन्तिम विवरण तयार पार्ने काम भइरहेको आयोगले जनाएको छ । आयोगले वैशाख १ गतेदेखि नै मतदाता शिक्षा सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।