१९ बैशाख २०८१, बुधबार
Follow Us

बेल्जियममा बागलुङ समाजको चैते दशैं तथा नयाँ बर्ष

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७३, बुधबार १४:५८

लुभेन बेल्जियम । बागलुङ समाज बेल्जियमको आयोजनामा गत १० अप्रिलमा बेल्जियमको लुभेन शहरमा चैते दशैं तथा नयाँ बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथी राजदूत थापा, स्थानीय लुभेन नगरपालिकाकी उपमेयर दानिस, एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतम र एनआरएन केन्दीय सचिव अर्जुन श्रेष्ठले विशिष्ठ अतिथीको आसनबाट विदेशमा साँस्कृतिक पर्वहरुको महत्वमाथी चर्चा गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष गँगा शर्माको सभापतित्वमा भएको उदघाटन सत्रमा उपाध्यक्ष महेन्द्र पन्तले स्वागत मन्तव्य व्यक्त र महासचिव परमानन्द सापकोटाले सँचालन गर्नुभएको थियो ।
दोश्रो सत्रको कार्यक्रममा नेपालबाट आमन्त्रित गायक संगीतकार चेतन सापकोटा, बागलुङका चर्चित गायक थानेश्वर गौतम र रामजी नेपाली तथा स्थानीय कलाकारहरुले विविध मनोरँजनात्मक साँस्कृतिक कोसेलीहरु प्रस्तुत गर्नुभएको थियो ।