१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुई फ्लाइट निर्वाचन सामग्री भोलि चीनबाट आउँदै

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७३, बुधबार १५:३०

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनका लागि आवश्यक पर्ने ११ प्रकारको सामाग्री भोलि बुधवार र विहीवार दुईवटा फ्लाइट चाटर््ड गरी काठमाडौं ल्याइने भएको छ । निर्वाचन आयोगले अर्थमन्त्रालयमार्फत चीन सरकारसँग सामानको लागि अनुरोध गरेको थियो । चीनले ११ प्रकारको सामाग्री नेपाल पठाउन लागेको हो ।
स्थानीय तहको निर्वाचनमा आवश्यक पर्ने ६४ प्रकारको सामाग्री मध्ये ११ प्रकारका सामाग्री चीनबाट ल्याउन लागिएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय निर्वाचनमा आवश्यक पर्ने केही स्वदेशी सामाग्रीहरु पनि प्रयोग गर्न लागेको आयोगको भनाइ छ । आयोगले स्थानीय निर्वाचनमा आवश्यक पर्ने मसी, स्टावलर, रवर प्याड, इन्कलगायतका सामाग्रीहरु बुधवार र विहीवार गरी दुई चरणमा दुईवटा फ्लाइटमाफर्त चीनवाट नेपाल आउने जनाएको छ ।
निर्वाचन आयोगका सहसचिव नवराज ढकालका अनुसार निर्वाचनका लागि आगामी १२ गतेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिसक्नुपर्ने छ । आयोगले मतदानको लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री २० गते सम्म ७ सय ४४ वटै स्थानीय तहमा पु¥याइसक्ने योजना रहेको बताएको छ । त्यस्तै आयोगले बुधवारसम्म अधिकांश दलहरुको हस्ताक्षर संकलन भइसक्ने र बाँकी दलबाट पनि छिट्टै प्राप्त हुने सहसचिव ढकालले विश्वास व्यक्त गरेको छ ।
निर्वाचनको लागि चीनबाट आउने सामाग्री त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आयोग लैजाने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
– शोभा न्यौपाने