१५ चैत्र २०८०, बिहीबार
Follow Us

क्यान्सरपीडितका लागि सात लाख रकम सङ्कलन

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार ०८:००

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का क्यान्सरबाट पीडित जनक शाहीको उपचारका लागि रु सात लाख सङ्कलन भएको छ । ‘गुडलक फाउन्डेसन नेपाल’ले थालेको जनक शाही बचाउ अभियानअन्तर्गत देश–विदेश र साङ्गीतिक कार्यक्रममार्फत उपचारका लागि सो रकम सङ्कलन गरिएको हो । फाउन्डेसनका संयोजक भाष्कर भट्टका अनुसार विदेशबाट रु एक लाख ५४ हजार, साङ्गीतिक कार्यक्रम र सहयोगीबाट रु पाँच लाख ५६ हजार सङ्कलन भएको छ ।
शाहीको उपचार गर्न रु २० लाखदेखि रु २५ लाख लाग्ने भएकाले रकम सङ्कलनमा जोड दिएका छौँ, भट्टले भन्नुभयो । शाहीको भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।